एकै छिन ल ! : - तिनताकको लोकप्रिय दैनिक सुनचरीमा प्रकाशित् १३ वटा ससाना व्यङ्ग्य रचनाहरुको सङ्गालो हो यो। भूतकालको हाँसो-रोदनमा रुमलिन र भविष्यको सोचविचारमा विचरण गर्ने अनवरत प्रक्रियाको शाब्दिक रुपान्तर हो यो सङ्ग्रह । हाम्रो आडम्बरी जीवनलाई घोच्ने तिखो कलमको टुप्पो हो यो सङ्ग्रह्।
प्रकाशक : युवा साहित्य परिवार कालेबुङ
मुद्र्क: आकाशदीप मुद्रणालय कालेबुङआवरण : श्री कर्णबहादुर चामलिङ, कालेबुङ
प्रकाशन मिति: अगस्त १९९४
-----------------------------------------------------------------
छिमेकीकी छोरी :- ससाना घटनाहरु छ्न ससाना मानिसहरुसित जीवनमा। महकाव्य र उपन्यासहरु आजको सन्दर्भमा पौराणिक कुराहरु हुन। यो सङ्ग्रह यस्तै झण्डै १५-वटा ससाना कथाहरु लहरै हातेमालो गराएर हङकङबाट कलकत्ता आइपुगेको लाहुरेको पहाड़बाट भगाएर लगेकी राम्री स्वास्नले जसरी शिरदेखि नाक, कान,गला र पाखुरासम्म डम्मै सुनको गरगहणाले सजिएकी जस्तै व्यङ्ग्य कथाहरुले सजिएको छ यो सङ्ग्रह्। पढ़्दा आफ्नै छेउमा वा आफैमा घटेको जस्तै लाग्ने छ।प्रकाशक : हिमाल इण्डिया प्रकाशन, कालेबुङ
मुद्र्क: हिमाल इण्डिया प्रिण्टिङ, कालेबुङ
आवरण : हिमाल इण्डिया
प्रकाशन मिति: अक्टोबर १९९५
-----------------------------------------------------------------
ज्यान्टलम्यान :- हाँसेर बाँचौ अनि बाँचेर हाँसौ ! हाँस्दा- हाँदै गमेर सोचौँ किनभने यो व्यङ्ग्य सङ्ग्रहमा समावेश १९-वटा व्यङ्ग्यहरु जीवनको गोरेटोमा जीवन निर्वाह गर्दै जाँदा आफैले भोगेको, देखेको र आँखामा बिझाएका विसङ्गतीहरु नै रचनामा परिवर्तन भएको पाउँछौँ हामी। समाजमा व्याप्त मैलाहरु नै यो सङ्ग्रहमार्फत प्रदर्शन भएको छ
प्रकाशक : हास्यव्यङ्ग्य प्रकाशन, घुम
मुद्र्क: गोपीकृष्ण प्रेस, वाराणसी
आवरण : हास्यव्यङ्ग्य प्रकाशन
प्रकाशन मिति: १९९८
मुद्र्क: गोपीकृष्ण प्रेस, वाराणसी
आवरण : हास्यव्यङ्ग्य प्रकाशन
प्रकाशन मिति: १९९८
-----------------------------------------------------------------
The Gorkhas-a glance at their culture & traditions :- The Gorkhas contrary to popular belief are not homogeneous but a heterogeneous community comprising many tribes & castes. Each of these tribes & castes that make a big community has own distinct rituals, religions, social belief, tradition & culture. This book describes each one's these traditions & cultures.
Publisher: Himal India Publisher, Kalimpong
Printer: Himal India Printing Press, Kalimpong
Cover: Purnamani Pradhan, Imprinta, Kalimpong
Layout: LIPI, Siliguri
Publishing Date: 2000, Revised edition on January 2008
-----------------------------------------------------------------
मनभित्रको मन :- इन्द्रियको माध्यमले सम्पर्क बन्दछ ; मनको माध्यमले सम्बन्ध जोड़दछ अनि सन्सार चल्दछ । सन्सारमा सम्बन्ध जोड़नु मात्र होइन, तोड़नु पनि मनकै काम हो । मन कसैको निम्ति नौनी घिउँजस्तो छुने बित्तिक्कै पग्लिन्छ भने कसैलाई मन ढुङ्गाजस्तै कठोर भई अड़िग रहन्छ। त्यसैले मनको कुनै निश्चित धर्म छैन । मनकै खेलवाड़को आरोह-अवरोहभित्र मान्छे बाँच्छ, मान्छे मर्छ ; जीवन जीउँछ अनि जीवन सिद्दिन्छ। मनलाई चलाउने भित्रको मन पनि छ । मनभित्रको मनले हाँसो-रोदन, मिलन-विछोड़को स्थायी र अस्थायी निश्चित गर्दछ । यस्तै मनको सेरो-फेरोमा रहेका कथाहरुको सङ्ग्रह हो - 'मनभित्रको मन'।
प्रकाशक : अनुराग प्रकाशन गुवाहाटी
मुद्र्क: प्रधान अफसेट,गुवाहाटी
आवरण : अनुराग प्रकाशन गुवाहाटी
प्रकाशन मिति: २००८
प्रकाशन मिति: २००८
-----------------------------------------------------------------
Khukuri - An exquisite Gorkha craftsmanship :- Khukuri is undoubtedly an exquisite craftsmanship of Gorkha community which has renowned their community worldwide enhancing their bravery & warfare. Khukuri besides military has also traditional & cultural uses in the community. Its handy make & lightweight has made it popular around the world specially in the warfield. This book describes its origin & its uses and other aspects very lucidly.
Publisher: Himal India Publisher Kalimpong
Printer: Himal India Printing Press, Kalimpong
Cover & Layout: Umesh Upama Kalimpongi
Publishing Date:May 2011
-----------------------------------------------------------------
आफ्नै चार कुने आँगन :- सन्सारको अति सुन्दर ठाउँहरु घुमेर आएता पनि अन्तमा सबै भन्दा मनमोहक र सञ्चोले निद्रा लाग्ने ठाउँ त आफ्नै घर हो अर्थात आफ्नै चार कुने आँगन। अण्डमान र निकोबारको रमणीय ठाउँहरु भ्रमण गरेर त्यो सङ्गै ती ठाउँहरुको दाँजोमा घुमेका अरु ठाउँहरुको विवरण बढ़ो सुन्दर शब्दमा गरिएको वृतान्त हो यो भ्रमण वृतान्त।
प्रकाशक : मानवी प्रकाशन, कालेबुङ
मुद्र्क: एस एस प्रेस कोलकत्ता
आवरण : प्रशान्त सुब्बा, कालेबुङ
प्रकाशन मिति: 2015
प्रकाशन मिति: 2015
-----------------------------------------------------------------
*******






